आन्दोलनको रणनीति बनाउन विपक्षी मोर्चाकाको बैठक बस्दै

चैत्र १६,काठमाडौ- विपक्षी दलको असहमतिकावीच संविधानसभा बैठक बोलाएपछि एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धनले आज पछिल्लो राजधानीतिक परिस्थिितिको बारेमा आफ्नो धारणा तय गर्ने भएको छ । मोर्चाले दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा अहिलेसम्म भएको औपचारिक अनौपचारिक वार्ताको समीक्षा गर्दै संविधानसभाको बैठक आह्वान भइसकेको अवस्थामा आगामी कार्यक्रम कसरी अगाडी बढाइने भन्ने बारेमा छलफल हुने जनाइएको छ । मोर्चाले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष निकाल्दै आन्दोलन थप चर्काउने निर्णय हिजो गरेको थियो ।