सोमालियाको राजधानीमा अल शबाब लडाकुद्वारा आक्रमण, दर्जन बढी मारिए

चैत्र १४ ,सोमालिया – सोमालियाको राजधानी मोगादिशुमा चरमपन्थी संगठन अल शबाबले एउटा होटल कब्जा गरेको छ।लडाकुहरुले होटल कब्जा गरेपछि सरकारी सुरक्षाबल र लडाकुहरुबीच भिडन्त भइरहेको छ। मका–अल–मुकर्रम होटलमा जारी भिडन्तमा दश जनाको मृत्यु भएको बताइएको छ। मारिनेमा स्वीट्जरल्याण्डका लागि सोमालियाका राजदूत युसुफ बारी–बारीसमेत रहेको बताइएको छ।

अन्य कतिपय राजनीतिक नेताहरुले भने झ्यालबाट हामफालेर ज्यान बचाएका छन् । अमेरिकी सेनाबाट तालिम प्राप्त सोमालियन सैन्य दस्ताले होटलको अधिकांश भागमा नियन्त्रण कायम गर्न सफल भइसकेको बताइएको छ।पछिल्लो समाचारअनुसार चरमपन्थी लडाकुहरु होटलको छतमा पुगेका छन् । उनीहरु छतबाट गोली चलाइरहेको बीबीसीले जनाएको छ।
प्रहरी अधिकारी मेजर इस्माइल ओलोका अनुसार होटलमा जम्मा ९ जना लडाकु प्रवेश गरेका थिए । त्यसमध्ये ६ जना मारिएका छन् ।अल शबाब चरमपन्थी संगठनले राजधानीको होटलहरुलाई निशाना बनाउँदै आएको छ। उनीहरुले ठुलो संख्यामा सरकारी अधिकारी र विदेशी पर्यटक रहेको होटलहरुमा आक्रमण गर्दै आएका छन् ।दुई दशकदे िखजारी हिंसाले सोमालियालाई नराम्रोसँग प्रभावित बनाएको छ। तर, पछिल्लो समय सुरक्षा व्यवस्था केही सहज भएका कारण विभिन्न देशमा रहेका सोमालियन नागरिक आफ्नो देश फर्कदै छन् । एजेन्सी