आफ्नै राजधानीबाट लेखेटियो बोको हराम

चैत्र १४ ,नाइजेरिया- नाइजेरियन सेनाले देशको उत्तरपूर्वी सहर ग्वोजालाई पुनः आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।ग्वोजा सहरमा चरमपन्थी संगठन बोको हरामको नियन्त्रण थियो । यसलाई बोको हरामको राजधानी मानिँदै आएको थियो ।सेनाका अनुसार उक्त क्षेत्रलाई चरमपन्थीबाट मुक्त गराइएको छ। सेनाले कारबाहीका क्रममा कयौ चरमपन्थी सीमावर्ती क्षेत्रतर्फ भागेको जनाएको छ।

ग्वोजामा सेनाको जीतको खबर नाइजेरियामा चुनाव हुनु एक दिनअघि आएको हो । यो निर्वाचन बोको हरामसँगको लडाईका कारण ६ साताका लागि स्थगित गरिएको थियो ।
सन् २००९ मा बोको हरामले नाइजेरियामा स्लामिक स्टेट बनाउने उद्देश्यले हिंसात्मक आक्रमण सुरु गरेको थियो । त्यतिबेलादेखि अहिलेसम्म हजारौ नागरिक मारिएका छन् भने करिब ३० लाख घरबारविहीन बनेका छन् ।यसरी घरबारविहीन भएकाहरुले निर्वाचनमासमेत मत दिन नपाउने भएका छन्। निर्वाचनअघि बोको हराममाथिको कारबाही सफल मानिएको छ। यसलाई नाइजेरियन सेनाले आफ्नो ठुलो उपलव्धी भएको दावी गरेको छ। एजेन्सी