राष्ट्रपति डा रामवरण यादवले आज आफ्नो समकक्षि चिनिया राष्ट्रपति सिजिम्पीङसँग भेटवार्ता

चैत्र १४, काठमाण्डौ—चिन भ्रमणमा रहनु भएका राष्ट्रपति डा रामवरण यादवले आज आफ्नो समकक्षि चिनिया राष्ट्रपति सिजिम्पीङसँग भेटवार्ता गर्नु हुने भएको छ ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा आयोजीत ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा चिन पुग्नु भएका राष्ट्रपति डा यादवले आज साँझ सिसँग भेट गर्नुहुने भएको हो । उहाँले आजै बोआओ सम्मेलनको सम्बोधन गर्ने गर्नु हुने भएको छ ।
त्यस्तै  आजै अपराह्न राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति यादवले हिजो आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नु भयो भने नान्सा रमणीय उद्यानस्थीत नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन पनि गर्नु भएको थियो ।
राष्ट्रपति यादव एक साता लामो भ्रमण सकेर चैत्र १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।