विमान दुर्घटनामा सबै १५० जना मारिएको पुष्टि

चैत्र ११,फ्रान्स- दक्षिणी फ्रान्सको एल्प्स डिग्नीनजिकै जर्मनविंग्स् एयरको विमान दुर्घटनामा हुँदा १ सय ५० जनाको मृत्यु भएको छ ।दुर्घटनाग्रस्त एअरबस ए ३२० विमानमा सबार सबै १ सय ४४ यात्रु र ६ चालक दलका सदस्यको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मर्नेहरुमा अधिकांश स्पेन र जर्मनीका नागरिक छन् । बिबिसीका अनुसार उत्तर पश्चिम जर्मनीको एक विद्यालयका १६ जना छात्र÷छात्रा र दुईजना शिक्षकको सो दुर्घटनामा ज्यान गएको छ ।

स्पेनको बार्सिलोनाबाट डसलडोर्फका लागि उडेको जहाज फ्रान्सको दक्षिणी क्षेत्रको बार्सिलोनोट र डिनाको बीच भागमा दुर्घटनाग्रस्त भएको हो । फ्रान्सेली अधिकारीका अनुसार विमानको ब्याक बक्स भेटिएको छ । विमान दुर्घटनास्थल एल्प्स पर्वत शृंखलाको करिब दुई हजार मिटर उचाईमा रहेको फ्रान्सको आन्तरिक मन्त्राललका प्रवक्ता पिएरे हेनरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । फ्रान्स सरकारले बिमान दुर्घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र पनि गठन गरेको छ ।
जर्मन विंग्सका अनुसार दुर्घटनाअघि विमान आठ मिनेटभित्र ११ हजार मिटर तल आएको थियो । तर, चालक दलका सदस्यहरुले यो अवस्थाको पूर्व जानकारी नदिएको बताइएको छ । यो विमान २४ बर्ष पुरानो भैसकेको थियो ।