संविधान सभाका सभाध्यक्ष नेम्वाङले आज प्रमुख दलका सचेतक सँग छलफल गर्दै

चैत्र ११, काठमाण्डौ—संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वानका विषयमा आज प्रमुख दलका सचेतक सँग छलफल गर्दै हुनुहुन्छ । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकलाई छलफलकालागी दिउँसो १ बजे आफ्नै कार्यकक्षामा बोलाउँनु भएको छ । लामो समयसम्म संविधानसभाको बैठक स्थगन गर्न नमिल्ने र तत्काल सहमति जुटाउन नेम्वाङले पटक पटक प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरे पछि दलहरुविच कुनै सहमती हुन सकेको छैन् । उहाँको आग्रह विपरीत प्रमुख दलका शीर्ष नेताको हालसम्म औपचारिक बैठकसमेत बस्न सकेको छैन । अनौपचारिक संवाद भए पनि ठोस प्रगति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित बन्दै गएको छ । विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले आज सम्मको समयसीमा दिनुभएको थियो । समय सिमालाई व्यवास्ता गर्दै एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको र दलबीच सहमति हुन नसकेको सन्दर्भमा भावी रणनीति कसरी तय गर्ने भन्ने विषयमा प्रमुख सचेतकसँग सभाध्यक्षले छलफल गर्न लाग्नुभएको हो ।