एमाले स्थायी कमिटीको बैठक,आज कार्यविभाजनको टुङ्खो लगाउने

चैत्र ११, काठमाण्डौ—एमालेमा भाग बन्डा नमिलेका कारण कार्य विभाजन गर्न बसेको स्थायीसमितिको बैठक लम्बीदै गएको छ । कार्यविभाजनका लागी आज पनि विहान ११ बजे स्थायीसमितिको बैठक बोलाईएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आईतबारदेखि लगातार बस्दै आएको स्थायी कमिटीको बैठकले आज कार्यविभाजनको टुङ्खो लगाउने एमाले नेताहरुले दावि गरेका छन् । हिजोको लागी तए भएको बैठक आजकोलागी सारिएको हो । बरिष्ठ नेता माधब कुमार नेपाल पक्ष असन्तुष्ट रहेकाले हिजोको बैठक बस्न नसकेको जनाईएको भए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने पार्टी भित्रको जिम्मेवारी मिलाउने क्रममा तलमाथि नहोस् भनेर गृहकार्य गर्नु परेकोले बैठक आजका लागी सारिएको बताउँनु भएको छ । सबै स्थायी कमिटी सदस्यसँग छलफल गरी सुझाब संकलन गरेर प्रस्ताब ल्याउने तयारी भइरहेको स्थायी समिित सदस्य न्यौपानेले बताउनुभयो । बैठकमा कार्य विभाजनमा विवाद भएपछि निर्णयमा पुग्न नसकेको जनाइईएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित रहँदै आउनु भएको छ ।