बरु मर्छु तर झुक्दिन : डा केसी

चैत ११, काठमाडौँ-सत्तारुढ नेकपा एमाले सभासदले मंगलबार संसदीय समिति बैठकमा अनशनरत वरिष्ठ चिकित्सक डा। गोविन्द केसीविरुद्ध आक्रोश पोखिरहँदा उनी भने आफ्नो अडानमा दृढ थिए। ‘म गलुँला वा अनशन बस्दाबस्दै मरुँला र मेडिकल माफियाको स्वार्थ पूरा होला भन्ने सपना सरकारले देखेको छ भने त्यस्तो भ्रममा नबस्न म चेतावनी दिन्छु, अनशनको तेस्रो दिन मंगलबार नागरिकसँग कुरा गर्दै डा। केसीले भने, ‘म कुनै हालतमा गल्नेवाला छैन, बरु मर्न तयार छु, झुक्न तयार छैन।

व्यवस्थापिका–संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति बैठकमा मंगलबार राजेन्द्र पाण्डेलगायत एमाले सभासदहरू डा। केसीविरुद्ध खनिएका थिए। सम्बन्धनको पर्खाइमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेजमा आबद्ध पाण्डेसहित १ सय ४६ एमाले सभासदले सम्बन्धनको पक्षमा केहीअघि हस्ताक्षर अभियान चलाएका थिए। प्रधानमन्त्री सुशील कोइराला यही दबाबमा सम्बन्धनको पक्षमा लागेका हुन्।
प्रधानमन्त्रीसहित सत्तारुढ दलहरू र माग पूरा गर्ने तहका सबैलाई चिढ्याउँदै आएका डा। केसी स्वास्थ्य सेवा र चिकित्सा शिक्षासँग सम्बन्धित आफ्ना १० सूत्रीय मागमा टसमस छैनन्। अन्तिम सास रहेसम्म ३ करोड नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने हक रक्षाका लागि लडिरहने दृढता उनले व्यक्त गरे।
‘एक नेपाली नागरिकको कर्तव्य म निर्वाह गर्छु, गलत तत्वहरूका कारण जनताले दुःख पाउनु हुँदैन, उनले भने, ‘त्यसैले म कुनै हालतमा झुक्नेवाला छैन।ु
चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० को प्राज्ञिक तथा भौतिक क्षमता नभएकाले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिनै नसकिने उनको भनाइ छ।
‘आइओएम मात्र होइन, समग्र चिकित्सा शिक्षामा प्राज्ञिक जनशक्ति पर्याप्त छैन, चालू मेडिकल कलेजहरूमै शैक्षिक स्थिति लथालिंग छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा हुन सकेको छैन। अधिकांश निजी मेडिकल कलेजमा अहिले नै न्युरो, मुटुजस्ता महत्वपूर्ण विभाग छैनन्। भएका विभागमा पनि पढाउने प्राध्यापक र बेडको अनुपातमा बिरामी संख्या पुग्दैन। यसको प्रत्यक्ष असर मेडिकल कलेजबाट उत्पादन हुने जनशक्तिमा परेको छ,ु डा। केसीले भने।

यतिले नपुगेर शिक्षा मन्त्रालयबाट ‘मनसायपत्रु लिई सम्बन्धनको पर्खाइमा रहेका १७ मेडिकल कलेजमध्ये १० वटा राजधानीमै खोल्न खोजिएका छन्। तीमध्ये मनमोहन मेमोरियल, पिपल्स डेन्टल, नेपाल प्रहरी र काठमाडौं नेसनल मेडिकल कलेज प्रमुख हुन्।

यस्तो स्थितिमा ‘मेडिकल माफियाु को चलखेल सफल भए योग्य चिकित्सक उत्पादन र गुणस्तरीय स्वास्थ्य सेवाको आधार सधैंका लागि बन्द हुने डा। केसी बताउँछन्। उनका अनुसार अहिले पनि सबै स्वास्थ्य संस्था सहरकेन्द्रित छन्। ८० प्रतिशत जनता बस्ने ग्रामीण क्षेत्रमा न गुणस्तरीय स्वास्थ्य संस्था छन् न त मेडिकल कलेज। प्रत्येक वर्ष करिब ६० हजार बालबालिकाको उपचार नपाएर मृत्यु भइरहेको छ। प्रत्येक चार घन्टामा एक गर्भवती महिला र शिशुको ज्यान गइरहेको छ।
‘राष्ट्रको कार्यकारी प्रमुखदेखि संवैधानिक निकायका पदाधिकारीसम्म मेडिकल माफियाका सेवक बनेका छन्,उनले भने, ‘जनताको प्रतिनिधि चुनिएका नेताहरू नै जनताको हकअधिकारविरुद्ध गएपछि म जनतासमक्ष जानुको विकल्प रहेन।
राजनीतिक दलका नेताले नै अपराधी, माफिया र डनको भूमिका निर्वाह गर्न थालेको उल्लेख गर्दै डा। केसीले भने, ‘नेताहरूलाई संविधान बनाउने चिन्ता छैन, उनीहरू आफ्ना कार्यकर्ता र दलका मान्छे पोसेर आइओएम ध्वस्त पार्नमा तल्लीन छन्। प्रधानमन्त्री आशाका केन्द्र थिए, उनले पनि सम्झौता उल्लंघन गरेको नागरिक दैनिकमा खबर छ ।