जेठ मसान्तमा कोरियाली भाषा परीक्षा

चैत्र १०,काठमाडौँ-सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ। रोजगार अनुमति प्रणाली ९ईपीएस० कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो।

यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ। ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिरबाट परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो। भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ।परीक्षा सञ्चालनलाई क्रमशस् विकेन्द्रीत गर्ने नीति बमोजिम यसपटक पोखराबाट पनि लिन लागिएको हो। आगामी वर्ष अन्य प्रमुख सहरमा समेत परीक्षा केन्द्र तोकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ। ईपीएस कोरिया शाखाका अनुसार उपत्यकाबाहिर डडेलधुरा, बुटवल, पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिनेछ। उपत्यकाकामा आवेदन बुझाउने क्षेत्र भने पछि निर्धारण गरिनेछ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षा जेठ ३० र ३१ गते सञ्चालन गर्ने निश्चित भएको जानकारी दिए। नेपालले सन् २००८ देखि ईपीएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउन थालेको हो। वैशाख ३ देखि ६ गतेसम्म आवेदन फाराम बुझाउने व्यवस्था गरिएको छ। भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ।