जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल

चैत्र १०,काठमाण्डौ—जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल चराणको खेल आजबाट सुरु भएको छ । पहिलो सेमिफाईनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ ।
न्युजिल्याण्डको अकल्याण्डमा रहेको इडेनपार्क रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ थालेको छ ।
तजा अवस्थामा
न्युजिल्याण्ड यो प्रतियोगिताका ७ खेलमा अपराजित छ भने दक्षिण अफ्रिकाले ७ मध्ये ५ खेल जितेको छ ।
न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवै अहिलेसम्म विश्वकपको फाइनल पुग्न सकेका छैनन् । दक्षिण अफ्रिका नकआउट चरण पार गरेर पहिलोपल्ट सेमिफाइनल पुगेको हो । अघिल्लोे विश्वकपको क्वाटरफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ४९ रनले हराएको थियो ।