विश्व क्षयरोग दिवस नेपालमा पनि मनाईंदै

चैत्र १०,काठमाण्डौ—बिश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसका अवसरमा आज सरकारी तथा गैह््रसरकारी संघ संस्थाले जनचेतना फैलाउने उद्धेश्यले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

युरोप र अमेरीकामा ७ मध्ये १ को मृत्यु क्षयरोगबाट भइरहेको समयमा सन् १८८२ मा डा रर्बट कोकले क्षयरोगको जीबाणु पत्ता लगाएर ठूलो राहात दिलाएका थिए । त्यो उपब्धिको स्मरण गर्दै राग बिरुद्ध जनचेतना जगाउन बर्षेनी २४ मार्चमा राष्टसंघको पहलमा यो दिवस मनाउन थालएको हो । हाल बिश्वमा करिब ८० लाख ब्यत्तिलाइ क्षयरोगको जिबाणु संक्रमण हुने भए पनि १ तिहाइ अर्थात ३० लाखको यो रोगका कारण मृत्यु भएको छ । नेपालमा ७५ हजार क्ष्यरोगी छन् जसमध्ये सबैभन्दा धेरै फोक्सोको क्षयरोग देखिएको छ ।

बिश्वको हरेक तेश्रो ब्यत्तिमा क्ष्यरोग उत्पन्न गराउने जीबाणु हुन सक्ने तर प्राबिधिक क्षमता कम भएको अवस्थामा मात्रै यो लोग रोग्ने बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।