चितवनमा मात्रै ७९ महिनामा स्वाइनफ्लु

चैत्र १०,चितवन-चितवनमा मात्रै डेढ महिनायता ७९ महिलालाई स्वाइन फ्लु संक्रमण देखिएको छ। चिसो मौसम परिवर्तन भई गर्मी बढे पनि स्वाईनफ्लु संक्रमण भने घट्नुको साटो बढ्दै गएको चिकित्सकले जनाएका छन् । माघको अन्तिम साताबाट संक्रमित फेला पर्न थालेको चितवनमा हालसम्म ७९ जनामा स्वाईन फ्लुको पुष्टी भैसकेको जिल्ला जनस्वास्थ्य कार्र्यालय चितवनले जनाएको छ। यो संख्या भरतपुर अस्पतालमा जँचाइएका शंकास्पद बिरामीको मात्र हो। रुघाखोकी र ज्वरो आएर घरमै थलिएकाहरुको तथ्यांक यसमा सामेल छैन।

 भरतपुर अस्पतालमा गरिएको परिक्षणमा एन्फ्लुएन्जा ए पोजेटिभ फेला परेकाहरुको नमुना थप परीक्षणका लागि काठमाण्डौमा पिसिआर परीक्षणका लागि पठाईन्छ। र, त्यहाँबाट स्वाईनफ्लुको पुष्टी हुने गर्छ। चितवनबाट पाठाईएका बिरामीको नमुनामा अहिलेसम्म चितवनमा मात्र ६८ जनालाई स्वाईन फ्लु भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताए। त्यसअघि जिल्लाका ४४ जनालाई मात्र देखिएको संक्रमण दुई दिनको बीचमा २४ जनामा थप फेला परेको हो।

स्वाइन फ्लूको बिरामी पुष्टी हुने अन्य जिल्लाहरुमा रुपन्देहीका एक, तनहुँका एक, गोरखाका एक, विराटनगरका एक र नवलपरासीका सात जना छन्। बिरामीमध्ये ४२ जना महिला र ३७ जना पुरुष रहेका छन्। हालसम्म करीब २ सय ६१ जनाको परीक्षण भएको छ। अझै १ सय छ जनाको नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ। जनस्वास्थ्य कार्यालय चितवनले भीभाडमा नहिड्न, मानिसँग हात नमिलाउने, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई आह्वान गरेको छ। राजधानीमा ४ जनाको स्वाईन फ्लुबाट मृत्यु भैसकेको छ।