केन्द्रीय सदस्यको कार्य विभाजनका विषयमा छलफल गर्दै एमाले

चैत्र १०,काठमाडौँ-नेकपा एमालेको स्थायी कमिटीको बैकठ आज पनि बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजनको विषयमा थप छलफल गरी निर्णय गरिने एमाले सचिव योगेश भट्राइले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकमा पन्ध्र सदस्यीय पदाधिकारी सहित केन्द्रीय कमिटीका पौने २ सय नेताको कार्यविभाजनको गृहकार्य अन्तीमचरणमा पुगेको भन्दै आज निर्णय हुने भएको हो । महासचिव इश्वर पोखरेलले प्रस्तुत गरेको कार्यविभाजन प्रस्ताव माथि थप छलफल गरी सुझाव संकलन गरेको छ ।