गभर्नर डा नेपालले गरे पद बहाली

चैत ८, काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले केन्द्रीय बैंकमा पुगेर आज अपराह्न पदबहाली गरेका छन् । पद बहालीपछि नेपालले समस्याग्रस्त घोषित क्रिस्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम क्रमशः फिर्ता गर्दै जाने निर्णयलाई सदर गरे ।

त्यसपछि सञ्चारकर्मीहरुको जिज्ञासामा मुलुकको वित्तीय स्थायित्वलाई आफूले पूर्ण प्रतिबद्धता र प्राथमिकताका साथ अघि बढाउने बताए । त्यसअघि, गभर्नर नेपाललाई डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीका साथै नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीले स्वागत गरेका थिए ।