थाई एयरको जहाजमा चरा छिर्दा विमानस्थलमा नै थन्कियो

चैत्र ८, काठमाडौं-  बैंककबाट काठमाडौँ आएको थाई एयरवेजको बोइङ ७७७ जहाजमा चरा छिरेको छ । त्रिभूवन विमानस्थलमा अवतरणका क्रममा आइतबार उक्त विमानमा चरा छिरेपनि कुनै क्षति भने नभएको विमानस्थल स्रोतले जनाउको छ ।

दिउँसो करिब पौने १ बजे ल्याण्ड गरेको बिमानको दायाँ इञ्जिनबाट चरा छिरेपछि विमानस्थलमै इञ्जिनियरहरुले चेकजाँच गरिरहेका छन् । चेकजाँच नसकिएकाले दिउँसो १स्५ मा उड्नुपर्ने जहाज अझै विमानस्थलमै थन्किएको छ । जहाजलाई अहिले २ नम्बर एप्रोन पार्किङमा नै राखेर चेकजाँच गरिराखिएको छ ।