केकी अधिकारी अब प्रेमी विनै बाँच्न सक्ने

काठमाण्डौ-  विधान कार्कीको निर्देशन रहेको ‘म बिनानी बाँच्न सक्छौ भने तिमी’ बोलको गीतको शूटिंग हालै मात्र सम्पन्न भएको छ । धुलिखेलको मनमोहक स्थलमा छायांकन सम्पन्न गरिएको उक्त म्यूजिक भिडियोमा रन्जन रिजाल, केकी अधिकारी र बिक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रेम पछिको बिछोड अनि बिछोड पछिको तनावलार्इ भिडियोमा देख्न पाइने छ । राजु बानियाँको शब्दमा र रमेश राज भट्टराईको संगीत रहेको गीतमा यूवापुस्ताका चर्चित गायक प्रमोद खरेलको आवाज सुन्न सकिन्छ । सार्वजनिक भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गर्ने छन् । केहि दिन भित्रमानै बजारमा ल्याइने तयारी भइरहेको उक्त म्युजिक भिडियोलाई दर्शक, स्रोताले मन पराउने निर्देशक विधान कार्कीले जानकारी दिए ।