कार दुर्घटनामा गृहमन्त्रीका स्वकीय सचिव गम्भीर घाइते

चैत ८ सप्तरी-  आफैले चलाएको कार दुर्घटनमा परी गृहमन्त्री वामदेव गौतमका स्वकीय सचिव घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रायपुरस्थित रूपनीमा गए राति कार दुर्घटना हुँदा गृहमन्त्री गौतमका स्वकीय सचिव विजयराज विष्ट सहित अशोक यादव घाइते भएको प्रहरीले जनाएको छ ।

सप्तरीको बरमझियाबाट पेडा लिएर काठमाडौँ जाँदै गरेको बा१झ ८५२४ नंको कार दुर्घटना भएको हो । अचानक टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ । घाइते दुवैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैजना खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।