चैत १५ भित्रै संविधान निर्माणको प्रक्रिया सुरु हुन्छ – नेता ज्ञवाली

चैत ८, नवलपरासी-नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणको प्रक्रिया चैत १५ गतेबाट सुरु हुने बताएका छन् । प्रेस चौतारी नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले “चैत १५ बाट नयाँ कार्यतालिका आउने र त्यसपछिको नवौँ चरण पूरा गरेपछि संविधान बनने विश्वास व्यक्त गरेका छन् । तीस दलीय मोर्चाको आन्दोलन संविधान निर्माणका लागि नभएकाले अब स्टेसनबाट छुटेको गाडी नरोकिने उनको तर्क छ । एमाओवादी मोर्चा स्टेसनबाट छुटे पनि प्रतिक्षालयबाट चढेर गन्तव्यमा पुग्नसक्ने भएकाले गणतन्त्र संस्थागत गर्ने काममा सहभागी हुन सक्ने उनको विश्वास छ ।