बिग्रीएको विद्यूत लाइन नबन्दा विद्यार्थी मारमा

चैत ८, काभ्रेपलाञ्चोक-विग्रिएको विद्यूत लाइन बनाउँन प्राधिकरणले वास्ता नगर्दा एसएलसी परीक्षा दिइरहेका काभ्रेको कोशीपारी क्षेत्रका विद्यार्थी अन्धकारमा बस्न बाध्य भएका छन् । ३ दिनदेखि बिग्रिएको लाइन बनाउन प्राधिकरणले अटेर गर्दा सारदा उच्च मावि परीक्षा केन्द्र फलाटे अन्तर्गत परीक्षा दिइरहेका विद्यार्थीहरु समस्यामा परेका हुन् । कोठा लिएर बसेका जनता मावि कोलाँती, बाघदेवी मावि सल्ले भुम्लु र प्रकाश उच्च मावि भूम्लुटार गाविसका परीक्षार्थी टुकीको साहरामा पढ्न बाध्य भएको एसएलसी परीक्षामा सहभागि विद्यार्थी राजकुमार खरेलले बताए । नेपाल विद्यूत प्राविधिकरणको दोलालघाट केन्द्रमा खबर गर्दा पनि लाइन बनाउन कुनै चासो नदिएको विद्यार्थीहरुले बताएका छन् ।