संसदीय समितिले गर्यो सबै पदाधिकारीको नाम अनुमोदन

चैत ८ , काठमाडौं -संसदीय सुनुवाइ विशेष समितिले लोकसेवाका सबै पदाधिकारीको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले सुनुवाइपछि आयोगका प्रमुख आयुक्त उमेश मैनालीसहित सात जनाको नाम अनुमोदन गरेको हो ।

मैनालीसहित ६ जनाको नाम सर्वसम्मतले अनुमादन भएको छ । त्यस्तै कृष्णचन्द्र झाको नाम बहुमतले अनुमोदन भएको छ । प्रमुख आयुक्त मैनालीसँगै सदस्यहरु वृन्दा हाडा, गोविन्द कुसुम, अशोकककुमार झा, श्रीपुरुष ढकाल र ब्रम्हदेव रायको नाम सार्वसम्मतले अनुमादन भएको छ ।