एसिड आक्रमणकारी बिकलाई आइतबार अदालतमा उपस्थित गराइने

चैत ७, काठमाडौं-चर्चित एसिड आक्रममा दोषी देखिएका रामेछापका जीवन बिकलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराउने भएको छ । बिकले राजधानीको बसन्तपुर नजिकै झोँछेमा संगीता मगर र सिमा बस्नेतमाथि एसिड छ्यापेको स्विकार गरिसकेपछि हरीले उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउन लागेको हो ।

आरोपित बिक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइदिने प्रहरीको तयारी छ । बुधबार राती काठमाडौंको टोखाबाट पक्राउ परेका बिकलाई प्रहरीले हिजो बिहान ११ बजे प्रेस मिटको आयोजना गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन घरी हाँस्ने त घरी बेहोस हुने गरेका बिकलाई प्रहरी अस्पतालमा उपचार गरेर काठमाडौं प्रहरी परिसरमा राखेको छ ।