चिनको सरकारी मान्यता बिनै राष्ट्रपति बिहिबार चीन जाँदै

चैत ७, काठमाडौं-राष्ट्रपति डा रामवरण यादवले चैत १२ देखि चीन जाने भएका छन् । डा यादवको साताव्यापी चीन भ्रमणलाई त्यहाँको सरकारले राजकीय भ्रमणको मान्यता भने दिएको छैन। राष्ट्रपति डा यादव बोआओ फोरम अफ एसियाको वार्षिक कार्यक्रममा सहभागी हुन चीनको हेनान प्रान्तको भ्रमण गर्दैछन्। ‘एसिया युग’ सुरु गर्दै १४ वर्षअघि आरम्भ भएको फोरममा सहभागी हुने उनी नेपालका राष्ट्राध्यक्ष राष्ट्रपति डा। यादवले बोआओ फोरममा सहभागी हुने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई समेत भेट्ने कार्यक्रम रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ। अप्रिल २००१ मा भएको बोआओ फोरमको पहिलो कार्यक्रममा विशेष अतिथि रहेका तत्कालीन राजा वीरेन्द्रले ‘किनोट स्पिच’ दिएका थिए।