नयाँ वर्षमा हुने फेवा महोत्सवमा छुटै छुट

 

चैत्र ७, पोखरा-नयाँ वर्ष २०७२ को अवसरमा पर्यटकीय नगरी पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने भएको छ । चैत्र २८ देखि बैशाख २ गतेसम्म हुने महोत्सवका अवसरमा पोखराका होटलले छुट दिने भएका छन् ।

फेवा महोत्सवमा सहभागी हुनेहरुले खानामा १० र होटलमा १५ प्रतिशत छुट पाउने आयोजक पश्चिमान्चल होटल संघले जनाएको छ । महोत्सवमा यस पटकदेखि २ दिन सबै रेष्टुरेन्टहरुलाई सडकमा ल्याउने संघले जनाएको छ । सो अवसरमा चीनको फुजियानबाट कलाकारको साँस्कृतिक टोली र व्यापारिक समूहले समेत सहभागिता जनाउने बताइएको छ ।