सनी लियोनको ब्लु फिल्म अनुभव

चैत ७, भारत -भारतीय मुलकी क्यानाडाई अभिनेत्री सनी लियोन पुर्व पोर्न स्टार हुन् । उनका ब्लु फिल्म प्रशस्तै छन् । ब्लु फिल्म खेल्दा खेल्दै भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘बिगबोस’ हुँदै बलीउडमा छिरेकी सनीले एडल्ट फिल्म इन्डष्ट्रीबाट बिदा भएको बताएकी छन् । उनले आफ्नो व्यक्तिगत जीबनबारे पनि धेरै कुराको खुलासा गरेकी छन् । भारतीय टेलीभिजन आजतकसँग ब्लु फिल्म नायिका बन्दाका बखतको कुनाकानी गर्न समेत राजी भएकी यि पोर्न सुन्दरीले ति दिनदेखि आज सम्मको यात्रा बिल्कुलै ३६० डिग्रीवाला बदलाव भएको बताइन् । उनले आँफु सँधै एक मूलधारको हीरोइन बन्ने राखेको बताउँदै एडल्ट फिल्म स्टारको लागि यस प्रकारको मूलधारको सिनेमामा आउनु लगभग असम्भव जस्तै हुने र आफ्नो बदलाबलाई देखेर आँफै छक्क परेको उजागर गरिन् ।

आफुलाई भाग्य मानी बताउने यि नग्न सुन्दरीले बलिउडमा दर्शकहरुले स्वीकारेको प्रति आफु गर्वान्वित भएको बताउँछिन् । छन् । के तपाईं अझै पनि पोर्न फिल्ममा काम गर्नु हुन्छ भन्ने प्रश्नमा उनी राजी नभएको बताइन् । उनले भनिन् धेरैलाई के भ्रम छ भने म अझै पनि पोर्न फिल्ममा काम गर्छु भन्ने छ । तर बिग बोसमा आइसकेपछि मैले यो काम बन्द गरिसकेकी थिएँ । तर, स्पष्ट रुपमा भन्नुपर्दा मेरो अतित, जुन इन्टरनेटमा छ, त्यसलाई मैले हटाउन सक्दैन । मैले पोर्न फिल्मबाट हट्ने शुरुआत २००८ मै गरेकी थिएँ । त्योबेला मैले आफ्नो पतिको साथ एक प्रोडक्शन कम्पनि बनाएकी थिएँ, जसले एडल्ट फिल्म बनाउथ्यो । यो मेरो कदम हीरोइनको काम छोडेर प्रोड्युसर बन्ने तर्फ मोडिएको थियो ।

त्यस्तै एडल्ट फिल्मको पहिलो अनुभव कस्तो थियो भन्ने प्रश्नमा उनले पोर्न कर्मलाई एक व्यापारका रुपमा हेरेको बताइन् । उनले भनिन् यो एक व्यवसायीक काम जस्तै हो । यो यस्तो कम्पनि हो, जसमा अरबौं डलर खर्च हुन्छ तर कहिल्यै घाटा सहनु पर्दैन । त्यसैले मेरो दिमागमा एडल्ट फिल्ममा काम गर्नेबेला धेरै पैसा बिजनेस गर्ने सोंच आयो, ताकि जुन प्रोड्युसरसँग मेरो कामको सम्झौता भएको थियो, उसको सपना नटुटोस् । मैले पहिलोपटक पोर्न फिल्ममा काम गर्दा मेरो पार्टनर मेरो आफ्नै ब्यायफ्रेन्ड थियो । त्यसपछि मैले निकै थोरै मान्छेसँग यसखालको फिल्ममा काम गरें । पहिलो फिल्मको पार्टनर जुन मेरो ब्यायफ्रेन्ड थियो, अहिले त्यही मेरो पति छ ।

पोर्न इन्डष्ट्रीमा काम गर्दा परिवारबाट उनलाई एक सामान्य परिवारको जस्तै प्रतिक्रिया आएको सन्नी बताउँछिन् । भन्छिन् सबैभन्दा पहिलो यो कुरा मैले मेरो बुवालाई भनें । पहिले उहाँ निकै रिसाउनु भयो, यति ठूलो निर्णय लिनुभन्दा अघि किन सल्लाह नगरेको भनेर । पछि उहाँले मलाई एक सल्लाह पनि दिनुभयो, जुन कुरा मैले मेरो दिमागमा सँधै राख्ने गर्छु । उहाँले के भन्नु भएको थियो भने, जे गरे पनि सफल हुने गरी गर । माता–पिता दुवै गुमाइसकेकी सन्नी एक पत्नी र बहिनीको रुपमा पनि सामान्य जीवनमा भएकाले मैले सुँधै पार्न कर्म गरेँ भन्ने मैले बुझ्दिन र सबैलाई मेरो पनि व्यक्तिगत जिवन छ भनेर बुझिदिन आग्रह् गर्छु ।