टेलिभिजन प्रस्तोताले लिंग आकारको कोट लगाएपछि

चैत ७, अष्ट्रेलिया -अष्ट्रेलियाकी टेलिभिजन प्रस्तोता नतार्शा बेलिंगले ‘च्यानल टेन’ को एक प्रत्यक्ष प्रशारणको क्रममा लिंग आकारको गला भएको हरियो रङको कोट लगाएको फोटो र भिडियो सोसल नेटवर्किङ साइटहरुमा भाइरल भएको छ । इन्टरनेटमा जब उनको तस्बिर अपलोड गरियो सुरुमा मानिसहरुले उनको तस्बिरमा केहि खराबी पहिल्याउन सकेनन् तर जब उक्त फोटोमा क्याप्सन राखियो त्यसपछि मानिसहरुले तस्बिरमा लाइक्स र कमेन्टको वर्षा नै गराए ।