विपक्षीका नाममा संविधानसभालाई आहुती दिन सकिँदैन : मन्त्री सिंह

चैत ७, विराटनगर-उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतीका नाममा विपक्षीलाई कुरेर संविधानसभालाई आहुती दिन नसकिने बताएका छन् । अब केही दिन भित्रमा एमाओवादी नृतृत्वको विपक्षी मोर्चा निर्णायक वार्ता मार्फत संविधानसभामा आए पनि नआए पनि संविधान भने प्रक्रियाबाट नै बन्ने उनले चेतावनी दिए ।

विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीहरुसँग कुराकानी गदै सिंहले विपक्षीको भिष्म परीक्षा केही दिनको मात्रै भएकाले उनीहरु नआएपनि संविधान ल्याउन कसैले रोक्न नसक्ने बताए । उनले भने दुनियाकै नियम संविधान निर्माणका लागि आवश्यक दुई तिहाइ सदस्य संविधानसभा भित्रै रहेकाले प्रक्रियामा जान विपक्षी मोर्चाको आन्दोलन बाधक नहुने उनको भनाई छ ।