ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चैत ७,  सिरहा- सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिराहाको सिलौरा पछवारी–९ स्थित नहरमा फसेको एउटा ट्र्याक्टर बाहिर निकाल्ने क्रममा आज बिहान अर्को ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नहरमा फसेको स १ त ३६७५ न।को गिट्टी लादिएको ट्र्याक्टरलाई नहरबाट बाहिर निकाल्ने क्रममा स१त ५७८ नंको अर्को ट्र्याक्टर पल्टिँदा सो ट्र्याक्टरका चालक सिरहा कविलासी–३ निवासी २२ वर्षीय दुखरन मोचीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गिट्टी लिएर जाँदै गरेको उक्त ट्याक्टर गए राति नहरमा खसेको थियो ।