न्‍युजिल्‍यान्‍डले दियो वेस्टिन्डिजलाई ३ सय ९४ रनको चुनौती

चैत ७, काठमाडौँ – जारी विश्वकपको क्वार्टरफाइनलमा न्‍युजिल्‍यान्‍डले वेस्टिन्डिजलाई ३ सय ९४ रनको चुनौती दिएको छ। टस जितेर ब्‍याटिङमा उत्रिएको न्‍युजिल्‍यान्‍डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९३ रन बनाएको हो।

न्‍युजिल्‍यान्‍डका लागि मार्टिन गुप्टिलले अविजित रहँदै दोहोरो शतक बनाए। उनले १ सय ६३ बलमा २४ चौका र ११ छक्‍का प्रहार गर्दै सर्वाधिक २ सय ३७ रनको योगदान गरे।

यस्तै रोस टेयलरले ६१ बलमा २ चौकाको मद्दतले ४२ रन जोडे भने कान विलियमसनले ३३ रन र ग्रान्ट इलियटले २७ रन बनाए।
यता, वेस्टिन्डिजका जेरोम टेलरले सर्वाधिक ३ विकेट लिए भने एन्ड्री रसेलले २ विकेट र ज्‍यासन होद्य्‍डरले १ विकेट लिए।उत्रिएको न्‍युजिल्‍यान्‍डलाई नकआउट चरणमा आफ्नो समग्र इतिहास फेर्ने चुनौती आइ लागेको छ। जारी विश्वकपमा दक्षिण अफ्रिकाबाहेक सबैभन्दा अभागी अर्को टोली न्युजिल्यान्ड पनि हो।न्युजिल्यान्डले विश्वकपमा हालसम्म ६ पटक सेमिफाइनल हारेको छ भने एक पटक क्वार्टरफाइनल। -एजेन्सी।