मुस्लिमको धर्मग्रन्थ कुरान जलाइएको विषयमा अनुसन्धान

चैत ७, काठमाडौँ-अफगानी राष्ट्रपती अशरफ गनीले मुस्लिमको धर्मग्रन्थ कुरान जलाएको आरोप लागेकी महिलाको हत्याको जाँच गर्न आदेश दिएको छ । परिवारका अनुसार मानसिक अवस्थाले ग्रसित ति महिलालाइ मस्जद बाहिर नै पिटिएको थियो । अफगानी प्रहरी ले घटनाको अनुसन्धानको लागी सात जनालाई पक्राउ समेत गरेका छन् । राष्ट्रपती अशरफले कानुनलाई आफ्नो हातमा लिन खोज्नेलाई नछोड्ने र कसैको हातमा न्याय प्रक्रिया नहुने चेतावनी दिएका छन् ।