परबल खेतीमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

चैत ७, काठमाडौँ-सर्लाहीको लखन्देही नदीको किनारमा लगाईएको परबल खेतीमा आज दिउँसो आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । आगलागीमा हरिवन नगरपालिका वडा नम्वर ४ अन्तर्गत पर्ने लखन्देही खोल किनारको १५ विगाह जमिनमा लगाईएको परबल खेती जलेर नष्ट भएको हो । सडक छेउमै गरिएको परबल खेतीमा कसैले चुरोट बिडी खाएर ठुटा ननिभाई फाल्दा आगो सल्किएको अनुमान गरिए पनि आगालगीको वास्तविक कारण खुल्न सकेको छैन् । दिउँसो १ बजे देखि सूरु भएको आगलागी प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टा पछि नियन्त्रणमा आएको थियो । आगालागीमा परि स्थानीय किसान मईच्याङ मिक्चन, श्याम योन्जन, सुकमान गोले, लक्ष्मी घलान, जिरी जिम्बा लगायतले लगाएको मरबल खेती नष्ट भएको हो ।