करेन्ट लागेर एकको मृत्यु

चैत ७, काठमाडौँ -सप्तरीको मधुवापुर गाविस–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ३२ वर्षीय धर्मनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहले आफ्नो घरमा रहेको टेलिभिजन हेर्ने क्रममा नाङ्गो तारलाई छोएका थिए । मृतक शाहको शव पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।