पार्टीको निती विपरित समानान्तर भेला गर्दै युवा संघ

चैत ७, काठमाडौँ-नेकपा एमालले शुक्रबार मात्रै पार्टीका कुनै पनी भातृसंगठनले पार्टीको निति विपरित भेला गर्न नपाउने भनेको भोली पल्टै युवा संघले शनिबार छुट्टा छुट्टै भेलाको आयोजना गर्ने भएका छन् । युवा संघको विबाद उत्कर्षमा पुगीरहेका बेला दुई प्यारालाल कमीटीले काठमाण्डु र हेटौडामा भेला गर्न लागेका हुन् । एमाले युवा संघ नेपालमा अध्यक्ष केपी शर्मा ओली पक्षले हेटौडामा र नेता माधव कुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर कार्यक्रम गर्ने भएका छन् । छुट्टा–छुट्टै कार्यक्रममा दुवैपक्षका उच्च नेताहरुको सहभागिता रहनेछ ।

अध्यक्ष ओली निकट निरु पाल नेतृत्वको समूहले संघको प्रथम राष्ट्रिय परिषद बैठक र केन्द्रीय समितिको बैठकलाई परिवर्तन गर्दै हेटौंडामा भेला बोलाएको छ । नेपाल निकट मानिने उपाध्यक्ष दिलु पन्त समूहले प्रज्ञा भवनमा कार्यक्रम गर्ने भएको छ । दुबै पक्षका आयोजकहरुले कार्यक्रममा सहभागी हुन देशभरिबाट प्रतिनिधिहरु उपस्थित हुने बताएका छन् । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत मन्त्री बनेपछि अध्यक्षपदबाट राजीनामा दिएपछि संघको अध्यक्षमा निरु पाललाई स्थायी समिति बैठकले चयन गरेपछि अध्यक्षको आकांक्षी दिलु पन्तले त्यसको विरोध गर्दै आएकी थिइन।