अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज

चैत्र ७,काठमाण्डौ—अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । “जातिय भेदभाव विरुद्ध लड्न विगतबाट पाठ सिकौ” भन्ने नाराका साथ यस बर्ष भेदभाव सविरुद्धको ४९औ अन्तर्राष्ट्रिय जातीयदिवस मनाइदैछ । दलित आयोगको संयोजनमा दलित सँग सम्बन्धित विभिन्न संघसस्थाले काठमाण्डूमा बृहत ¥याली तथा कार्यक्रम हुने भएको छ ।
बिहान ११ बजे काठमाण्डुको सहिदगेटबाट ¥याली निकालेर पुलिस क्लबमा विषेश कार्यक्रम गर्ने दलित आयोगले जनाएको छ । कार्यक्रमको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुनेछ । दिवसको अवसरमा दलित अधिकार संरक्षण र प्रवद्र्धन गर्न महासंघको नेतृत्वमा तयार पारिएको नेपालमा छुवाछुत तथा जातीय भेदभाव अन्त्यका निम्ति ६ बर्षको रणनीतिक योजना तयार पारिएको छ ।
दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।