गिरिजाप्रसादको स्मृति दिवस, कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

चैत्र ७, काठमाण्डौ—कांग्रेसका सस्थापन नेता तथा पूर्व प्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैछ । कोइरालाको स्मृतिमा आज कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले विभिन्न कार्यक्रम गर्दैछन् । स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा  माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको कांगे्रस पार्टी कार्यालयले जनाएको छ ।उहाँको निधन भएको आज ५ वर्ष पुगेको छ ।   दशकौं राजनीतिमा बिताउनु भएका कोइरालाले एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।