आज अन्तीमा क्वाटरफाईनलमा स्टईन्डीज र न्युजल्याड

चैत्र ७, काठमाण्डौ—विश्व कप क्रिकेटमा आज अन्तीमा क्वाटरफाईनल खेल हुँदैछ । अन्तीम खेलमा आज वेस्टईन्डीज र न्युजल्याड विच प्रतिष्पर्धा सुरु भएको छ । केहिसयम अघिबाट सुरुभएको खेलमा टस जितेको न्यूजिल्यान्डले पहिले ब्याटिङ गरिरहेको छ । न्यूजिल्यान्डका विस्फोटक ब्याट्सम्यान ब्रेन्डन म्याक्कुलम खेलको दोस्रो ओभरमै आउट भएका छन् ।
समूह ‘ए मा लिग चरणका सबै ६ खेल जितेको न्यूजिल्यान्ड उत्कृष्ट लयमा छ । तर पनि विश्वकप क्रिकेटको इतिहासलाई हेर्ने हो भने न्यूजिल्यान्ड पनि अभागी टोलीमा पर्दछ ।
आफ्नै देश सहअयोजक रहँदा यसपटक भने न्यूजिल्यान्ड पहिलोपटक विश्वकपको उपाधि उचाल्ने अभियानमा छ । उसको अभियानमा आज वेस्ट इन्डिज तगारो बनेको छ ।
विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत, दक्षिण अफ्रिका र अष्ट्रेलीया सेमिफाइनलमा पुगीसकेका छन् ।