म्यानमारको सेना राजनीतिक भूमिकामा रहिरहने

चैत ६, काठमाडौँ-नमारका राष्ट्रपतिले राष्ट्रिय हितका लागि सेनाको प्रमुख भूमिका कायम रहने बताएका छन् । म्यानमारका राष्ट्रपतिले मुलुक बृहत्तर प्रजातन्त्रतर्फ लम्किरहँदा सेनाले राजनीतिमा मुख्य भूमिका खेलिरहने बीबीसीलाई बताएका छन्। राष्ट्रपति थेन सेनले बर्माको राजनीतिक जीवनमा उसको शक्तिशाली भूमिका घटाउने बारे कुनै समयसीमा राख्न अस्वीकार गरे। सुधारका कार्यक्रम अहिले नै रोकिएको र अघि बढ्ला कि भन्ने प्रतीक्षामा रहेका कतिपयका लागि यो एउटा धक्का हो।

आफैं पूर्व सैनिक जनरल रहेका बर्मेली राष्ट्रपति थेन सेनले हाम्रा संवाददाता जोन फिशरसँग राजधानीस्थित राष्ट्रपति निवासमा भने  सेनाले राष्ट्रिय हितका लागि मुख्य भूमिका खेलिरहेको छ र तत्काल राजनीतिमा उसको भूमिका घटाउने कुनै योजना छैन। संसदको एक चौथाइ सदस्य सिपाहीहरु छन् र तिनले संविधानमा कुनै पनि परिवर्तन रोक्नसक्ने विशेषाधिकार राख्छन्।