चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जाँदै प्रचण्ड

चैत्र ६,काठमाण्डौ- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार चीन जाने भएका छन् । दाहाल करिव एक साता लामो भ्रमणका लागि आइतबार अपरान्ह त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका सहयोगी चुणमणी खड्काले बताए । खड्काका अनुसार प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणका क्रममा अध्यक्ष दाहालले चिनियाँ उच्च अधिकारीहरुसंग भेटवार्ता गर्ने बताइएको छ । भ्रमणमा दाहालसंगै उहाँकी श्रीमती र पार्टी महासचिव कृष्णबहादुर महरा जाने तय भएको छ ।