लाभांस बाँड्दै टेलिकम

चैत्र ६,काठमाण्डौ-  सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत बर्षको नाफाबाट सो लाभांस वितरण गर्न लागेको हो । टेलिकमले गत आर्थिक बर्ष ११ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो ।लाभांस वापत सात अर्ब पाँच करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्ने छ । सो मध्ये सर्बसाधारण सेयरधनीले २७ करोड ९८ लाख ८५ हजार रुपैयाँ , नागरिक लगानी कोषले २१ लाख १५ हजार रुपैयाँ, र टेलिकमका कर्मचारीको भागमा ३१ करोड ७२ लाख २५ हजार रुपैयाँ पर्ने छ ।नेपाल टेलिकममा सरकारको ९१।५० प्रतिशत, नागरिक लगानी कोषको ०।०३ प्रतिशत, सर्वसाधरणको ३।९७ प्रतिशत र कर्मचारीको साढे चार प्रतिशत सेयर छ । कम्पनीले चैत २७ गते गर्न लागेको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांस वितरण गर्ने छ ।