मर्यादा बिर्सदै गए सभाअध्यक्षले – बिजुक्छें

चैत्र ६,काठमाण्डौ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ्गले आफ्नो मर्यादा भन्दा बाहिर गएर अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् । रक्त  सञ्चार क्लवले गरेको कार्यक्रममा बिजुक्छेंले संविधानसभा र संसद भित्र मात्रै बोल्नु पर्ने सभामुखले बाहिर बोल्दा आफ्नै मर्यादा खस्किएको बताए ।

सभामुखले नियम संगत रुपमा मात्र अभिव्यक्ति दिनु पर्नेमा सार्वजनिक स्थान र बिभिन्न कार्यक्रममा अभिव्यक्ति दिनु गलत भएको बताउँदै उहाँले सभामुखले राजनीतिक दलहरुलाई यसो गर उसो गर भनेर आफ्नो मर्यादा भुल्दै गएको उनले टिप्पणी गरे । दलहरुले सभामुखलाई नटेरेका कारण सभामुखको मर्यादा घटेको टिप्पणी गर्दै बिजुक्छेंले सभामुखले संविधानसभा भित्रै छलफल र बहस गर्नुपर्ने बताए । सहमतिको नाममा संविधानसभालाई लामो समय स्थगित गरेर राख्न नहुने बताउँदै उहाँले प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । बिजुक्छेंले ‘संविधानसभालाई लामो समय रोकेर राख्न नहुने, प्रक्रिया अगाडि बढाउनु पर्ने , आवश्यक परे पछि गित गर्दै छलफल गर्न सकिने समेत बताएका छन् । एमाओवादीसहितको मोर्चाको आन्दोलन प्रजातन्त्रको सौन्दर्यता भएता पनि सरकारले जसरी गाउँ गाउँमा आफ्नो बिचार पुर्‍याउनु पर्ने उनको भनाई छ ।