पत्रकार सम्मेलनमै बेहोस एसिड आक्रमणकारी

चैत्र ६,काठमाण्डौ- एसएलसी तयारीका लागि ट्युसन पढिरहेका किशोरीहरु संगीता मगर र सीमा बस्नेतलार्इ एसिड हान्ने युवा प्रहरीको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् । २० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् । पत्रकार सम्मेलनमा ढलेपछि प्रहरीले उनलार्इ तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको छ ।jiwan bk

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रामेछाप फुलासी-८ निवासी जीवन विकले संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई एसिड हानेको स्विकारेका छन्। महानगरीय प्रहरी प्रभागमा शुक्रबार पत्रकार सम्मेलनमा उनले भारतीय टेलिभिजनबाट प्रभावित भएर केटीको ‘ब्युटी’ बिगार्न एसिड हानेको स्विकारे। बीबीएस पहिलो वर्षमा अध्ययनरत विकलाई प्रहरीले बिहीबार साँझ टोखाबाट पक्राउ गरेको हो।

विक यसअघि संगीता बस्ने घरमै डेरा लिएर बस्थे। त्यतिबेला उनले संगीतालाई पढ्नसमेत सिकाउँथे। पछि घरमा झगडा गरेर उनी भारतीय आर्मीका लागि भारत गएका थिए। भारतीय आर्मीमा छनौट नभएपछि उनले भारतीय टेलिभिजनबाटै प्रभावित भएर एसिड हानेको प्रहरीसमक्ष स्विकार गरेका हुन्।

उनी टोखामा बस्दै आए पनि आफन्त सबैलाई भारतमै भएको बताउँदै आएका थिए। संगीता र उनका भाइलाई एसिड आक्रमण गर्न उनले असोजमै एसिड खरिद गरेका थिए। त्यही बेला एसिड हान्ने तयारी गरेपनि उनले गत फागुण १० गतेमात्र सो योजना सफल बनाएका थिए।