भारतमा चिट चोराउन अविभावक देखी प्रशासन सम्म सक्रिय

चैत्र ६, काठमाण्डौ—भारतको विहारमा हिजो भएको कक्षा १० को परिक्षामा विद्यार्थीले जिल्लाकै ठुलो परिक्षा केन्द्रमा नै खुलेआम चिट चोरेका कारण  विहारमा यो परिक्षा चर्चामा रहेको छ । परिक्षार्थीलाई चिट चोराउन अविभावक देखी प्रशासन सम्म लागेको दृष्य बिहारको एक स्थानिय अखबारले आफ्नो पहिलो पृष्ठमा तस्बिर सहित खबर छापेको छ ।
बिहारस्थित सहरको अनुग्रह नारायण सिंह उच्च विद्यालयमा जाँचको क्रममा नौ बोरा भन्दा बढी चिट भेट्टिएको विहारका पत्रकार मन्टु  पान्डेयले तस्विर सहित आफ्नो पत्रिकामा खबर छापेका छन् ।परिक्षा सञ्चालक विहार विद्यालय परिक्षा समिती ९वि एस इ वि० का अनुसार सरकारी र सरकारी मान्यता प्राप्त विद्यालयबाट १४ लाखभन्दा बढी परिक्षार्थी सामेल भएका छन् । जसअनुसार एकैदिनमा चार सय भन्दा बढी परिक्षार्थी निस्कासित भएका छन् । परिक्षा आगामी २४ मार्च सम्म चल्नेछ ।