विश्वकप क्रिकेटमा अष्ट्रेलीया र पाकीस्तानविच प्रतिष्पर्धा

चैत्र ६, काठमाण्डौ—विश्व कप क्रिकेटमा आज आयोजक राष्ट्रिय अष्ट्रेलीया र पाकीस्तान विच प्रतिष्पर्धा सुरु भएको छ । जारी खेलमा पाकीस्तानले टस जितेर व्याटीङ सुरु गरेको छ ।
जारी विश्वकपमा आयोजक अष्ट्रेलियालाई उपाधि दावेदारको रुपमा हेरिएको छ भने पाकिस्तानलाई पूर्वानुमान लगाउनै कठीन टोलीको रुपमा लिइएको छ । समूहमा ६ खेलबाट ९ अंक जोड्दै अष्ट्रेलिया दोस्रो भएको थियो भने समान खेलबाट ८ अंक जोडेको पाकिस्तान तेस्रो भएको थियो । विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगीसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा भोलि आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ ।