दुई जना युवतीमाथि एसिड फाल्ने पक्राउ

चैत्र ६,काठमाण्डौ—प्रहरीले लामो अनुसन्धान पछि काठमाडौंको वसन्तपुरमा दुई जना युवतीमाथि एसिड फाल्नेलाई पक्राउ गरेको छ । गएराती उनीहरुलाई पक्राउ गरेको एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । संगीता मगर बस्दै आएको वसन्तपुर क्षेत्रको घरमै यसअघि भाडामा बस्दै आएको जीवन बिक रहेको प्रहरीले बताएको छ । पक्राउ बारे प्रहरीले विहान ११ बजे पत्रकारसम्मेलन गरेर जानकारी दिने भएको छ । पिडित युवतीहरु हिजोबाट अस्पतालमा नै एसएलसी परिक्षा दिई रहेका छन्।