आज उपत्यकामा घोडे जात्रा मनाइँदै

चैत्र ६,काठमाण्डौ-आज उपत्यकामा घोडे जात्रा मनाइँदै छ । प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा काठमाडौं उपत्यकामा यो जात्रा मनाईन्छ । आज पनि काठमाडौँको टुडिखेलमा बर्सेनि जस्तै नेपाली सेनाले घोडेजात्राको आयोजना गदैछ ।
पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।
अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।