बंगलादेशलाई १०९ रनले हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा

चैत्र ५, काठमाडौं- विश्व विजेता भारत छिमेकी बंगलादेशलाई १०९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले दिएको ३०३ रनको चुनौती पछ्याएको बंगलादेश ४५ ओभरमा अलआउट हुँदै १९३ रनमा समेटिएपछि भारतले फराकिलो जित दर्ता गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मेलबर्न क्रिकेट मैदान टस जितेर व्याटिङ रोजेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २ रनको योगफल बनाएको थियो । जवाफी व्याटिङ बंगलादेश ४५ ओभरमा एक सय ९३ रनमा अलआउट भएपछि भारतले सहज जित पाएको हो ।

भारतलाई सहज जिताउने क्रममा रोहित शर्माले सतकीय पारी खेले । उनले एक सय २६ बलमा ३ छक्का र १४ चौका प्रहार गर्दै एक सय ३७ रनको पारी खेले । सुरेश रैनाले ६५ रनको योगदान टिमका जीतमा रह्यो । यता बलिङतर्फ भारतका उमेश यादबले ४ विकेट लिए । मोहम्मद शमी र रविचन्दन अश्विनले समान २ विकेट हात पारे । बंगलादेशका नासिर हसनले ३५ र सविर रहमानले ३० रन बनाए पनि अन्तिम चारको यात्रा तय गर्न त्यो रन पार्यप्त हुन सकेन । एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई यो २६ औ पटक हराएको हो ।