चिरञ्जीवी नेपाल मुलुकको नयाँ गभर्नर

चैत्र ५, काठमाडौं – डा. चिरञ्जीवी नेपाल मुलुकका नयाँ गर्भनरमा नियुक्त आज बसेको भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले डा। चिरञ्जीवी नेपाललाई राष्ट्र बैंकको पाँचवर्षे कार्यकालका लागि गभर्नर पदमा नियुक्त गरेको सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । डा नेपालले दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा।नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने सुनौलो अवसर प्राप्त गरेका हुन् ।

पुर्व गर्भनर डा युवराज खतिवडाको कार्यकाल आज सकिएको सुनौलो अवसर छोपेर प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका नेपालले राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई उछिन्दै आफ्नो नाम लेखाउन सफल भएका हुन् । यस अघि मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा। रामहरण महतको संयोजकत्वमा गठन गरेको गभर्नर सिफारिस समितिले चिरञ्जीबी नेपाल सहित काफ्ले र अधिकारीको नाम सिफारिस गरेको थियो । गभर्नर बन्ने संकेत पाएपछि करिब दुई हप्ताअघि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । यसैबिच गभर्नर डा। युवराज खतिवडाको पाँच वर्षे कार्यकाल आजबाट नै सकिएसँगै उनी बिदाबादी भएका छन् ।