भारतले दियो बंगलादेशलाइ ३०३ रनको चुनौती

चैत्र ५, काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेलमा भारतले बंगलादेशलाई ३०३ रनको चुनौती दिएको छ। अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको सतकको मद्दतले ३०२ रन बनाएको हो। भारतका लागि १२६ बल खेलेका शर्माले १४ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै शुरेश रैना ६५ रन बनाएर आउट भए। उनले ५७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेका थिए।
शिखर धवनले ३०, कप्तान महेन्द्र सिंह धोनीले ६ रन बनाए। बंगलादेशका लागि तास्किन अहमदले ३मो मोसाहाफिर मुर्ताजा, रूवेल हसन र साकिब अल हसनले १-१ विकेट लिए।