ट्युनिसियाको एक संग्रहालयमा आक्रमणमा १९ जनाको मृत्यु

चैत्र ५, काठमाडौं-ट्युनिसियाको एक संग्रहालयमा भएको आक्रमणमा विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको छ ।
राजधानी ट्युनिसमा रहेको बार्डो संग्रहालयमा बन्दुकधारीले गरेको आक्रमणमा परि मृत्यु भएको हो । आक्रमणमा जापान, इटाली, कोलम्बिया, अस्ट्रेलिया, फ्रान्स, पोल्याण्ड र स्पेनका गरी १७ जनासँगै ट्युनिसियाका दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पर्यटकसहित ४० भन्दा धेरै घाइते भएका छन् ।
बन्दुकधारी मध्ये दुई जनालाई प्रहरीले मारेको छ । अरुको खोजी भैरहेको छ । ट्युनिसमा रहेको संसदमा आतंकवाद नियन्त्रण सम्बन्धी विधेयकमा चर्चा भइरहेका बेला संसद नजिकै रहेको संग्राहालयमा आक्रमण भएको हो ।