पकिस्तान सरकारले १८ बर्षपछी सन् २०१६ मा जनगणना गर्ने घोषणा

चैत्र ५, काठमाडौं-पकिस्तान सरकारले १८ बर्ष पछी सन् २०१६ मा जनगणना गर्ने घोषणा गरेको छ । पकिस्तानी प्रधानमन्त्री नवाज सरिफको अध्यक्षतामा राजधानी इस्लामवादमा बसेको बैठकले देशको अवस्था थाहा पाउन जनगणना गर्ने निर्णय गरिएको हो ।

बैठकमा चारै प्रान्तका मुख्यमन्त्रीको सहभागीता रहेको थियो । पञ्जावका मुख्यमन्त्री शहबाज शरीफ, सिन्ध को मुख्यमन्त्री कायम अली शाह त्यस्तै  खैबर पख्तूनख्वा को मुख्यमंत्री परवेज खटक लगाएत कई अन्य संघीय मन्त्री सामेल भएका छन् । बैठक पछी प्रधानमन्त्री निवास मा जारी गरिएको प्रेस विज्ञप्ति जारी गर्दै आउने साल सन् २०१६ मार्च मा जनगणना गर्ने जानकारी गराइएको थियो ।एजेन्सी