विश्वकप क्रिकेटको दोस्रो क्वार्टरफाइनलमा भारत र बंगलादेश

चैत्र ५, काठमाडौं-एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेलमा आज भारत र बंगलादेश विच प्रतिपर्धा सुरु भएको छ । भारतले टसजितेर व्याटङी सुरु गरेको छ ।
प्रतियोगितामा निकै उत्कृष्ट फर्ममा रहेको भारतविरुद्धको खेल जित्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने बंगलादेशको लक्ष्य हुनेछ । तर, साविक विजेता भारतविरुद्धको खेल जित्नु बंगलादेशको लागि त्यती सजिलो छैन ।
विश्वकप क्रिकेटमा पछिल्लोपटक सन् २००७ मा आमने–सामने हुँदा बंगलादेशले भारतलाई पराजित गरेको थियो । आज पनि बंगलादेश भारतलाई रोक्दै सेमिफाइनल पुग्न चाहन्छ भने साविक विजेता भारत छिमेकीको चुनौती पन्छाँउदै उपाधि रक्षाको अभियान अझ बलियो पार्न चाहन्छ ।
विश्वकप क्रिकेटअन्तर्गतको पहिलो क्वार्टरफाइनल खेलमा श्रीलंकालाई भारी अन्तरले हराँउदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।